ad ad

खेल


बागमतीलाई एपीएफले दियो २४२ रनको चुनौती, सन्दीप जोराले बनाए शतक

बागमतीलाई एपीएफले दियो २४२ रनको चुनौती, सन्दीप जोराले बनाए शतक

नेपालखबर
पुस २९, २०८० आइतबार १३:३७, काठमाडौँ

सन्दीप जोराको शानदार शतकमा काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा एपीएफ क्लबले बामगती प्रदेशलाई २४२ रनको चुनौती दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४१ रनको स्कोर खडा गर्‍यो।

एपीएफका लागि शतक बनाउने क्रममा जोराले ११७ बलमा ७ चौका र ५ छक्कासहित ११२ रनको शानदार पारी खेले। 

यस वर्षको प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाउने सन्दीप दोस्रो खेलाडी हुन्। शनिबार नेपाल पुलिसका रसिद खानले पनि शतक बनाएका थिए।

४१ रनमा पाँच विकेट गुमाएको एपीएफका लागि उनले लोकेश बमसँग ६६ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म पुर्‍याए।

एपीएफका लागि आशिफ शेखले १५, अमर रौटेललाले २२ तथा अविनाश बोहराले १८ रन जोडे। १८ रन अतिरिक्त मिल्यो। 

बलिङतर्फ बागमतीका सूर्य तामाङले ३, रिजन ढकाल र प्रतिश जिसीले समान २ विकेट लिए। प्रतियोगितामा एपीएफको यो पहिलो खेल हो। उता बागमती पहिलो खेलमा नेपाल पुलिससँग हारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .