‘द भ्वाइस अफ नेपाल ५’का विजेता बिनोद राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भेटेका छन्।
उनले कोच मिलन नेवारसहित बिनोदलाई मन्त्रालयमा बोलाएर बधाई दिएका हुन्। साथै मन्त्री किरातीले बधाईसहित दुबैलाई कदर पत्र समेत प्रदान गरे।
गत शुक्रबार भएको ग्राण्ड फिनालेमा तीन प्रतिपर्धीलाई पछि पार्दैँ विनोदले टाइटल जितेका थिए। उपाधिसहित उनले २० लाख पुरस्कार समेत हाते पारे।
इलामका राई कोच मिलन नेवारको समुहका हुन्। भ्वाइसमा महिला कोचको टिमबाट जितेको यो पहिलोपटक हो।
54
Shares
प्रतिक्रिया