ad ad

खेल


ओमानको लगातार दोस्रो जित

ओमानको लगातार दोस्रो जित

नेपालखबर
माघ २३, २०७६ बिहिबार ११:३७,

आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक शृंखलामा ओमानले लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले हराउँदै जित निकालेको हो। जितसँगै ओमान अंक तालिकाको दोस्रो स्थानमा यथावत छ।

८ खेलमा ६ मा जित र २ मा हार भोगेको ओमानले १२ अंक बनाएको छ। १ खेल बढी खेलेको अमेरिका ६ खेलमा जित ३ मा हार भोग्दै शीर्ष स्थान यथावत् छ। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई घरेलु मैदानमा १८ रनले हराएको थियो। नेपालले दोस्रो खेलमा शनिबार अमेरिकाको सामना गर्नेछ।

अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ३ बलअगावै ४ विकेट गुमाउँदै भेट्टायो। मोहम्मद नदीम ५ बलमा २ चौका र १ छक्का सहित ५५ र सुरज कुमार ३५ रनमा नटआउट रहे। पहिलो खेलमा नेपालविरुद्ध अर्धशतकीय अविजित इनिङ खेलेका नदीमले आफ्नो लयलाई निरन्तरता दिदै टोलीको जित पक्का गरे। अकीब इलियासले सर्वाधिक ७२ रनको योगदान दिए। तेस्राे ओभरको तेस्रो बलमा रस्टी थेरनले बोल्ड आउट गर्नुअघि उनले १ सय १० बलमा ६ चौका र २ छक्का प्रहार गरे।

ओपनर जतिन्दर सिंह कप्तान सौरभ नेत्रवलकारको बलमा स्टिभ टेलरबाट ४ रनमा क्याच हुदै पवेलियन फर्के। दोस्रो विकेटका लागि खावर अली र अकीबले ६६ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए। १९ औं ओभरको चौथो बलमा इयान होल्यान्डले खवर अलीलाई ३१ रनमा एलबी डब्यू आउट गरे। उनले ५१ बलमा ५ चौका प्रहार गरे। टेलरले करिमा गोरलाई ११ रनमा क्याच आउट गराए।

अमेरिकाका सौरभ नेत्रवलकार, रस्टी थेरन, स्टिभ टेलर र इयान होल्यान्डले १–१ विकेट लिए। त्यसअघि ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा २ सय १३ रनमा अलआउट भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .