खेल


ईपीएललाई आईसीसीको मान्यता

ईपीएललाई आईसीसीको मान्यता

नेपालखबर
माघ २३, २०७६ बिहिबार ७:३३,

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणलाई पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मान्यता दिएको छ। ईपीएललाई आइसीसीले मान्यता दिएको यो तेस्रो पटक हो।

यसबारेमा बिहीबार आईसीसीले जानकारी दिएको ईपीएलका प्रबन्धनिर्देशक आमिर अख्तरले जानकारी दिए।

ईपीएलले अब आईसीसीलाई २० हजार अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ। चौथो संस्करणको ईपीएल आगामी चैत १ देखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने यसअघि नै तय भइसकेको थियो। ईपीएलको यो मितिलाई नेपाल क्रिकेट संघ क्यानले पनि स्वीकृत गरिसकेको छ।

यस संस्करणमा काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोज गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

आयोजक ईपीएल प्रालिले अन्य फ्रेन्चाइज लिग खेलेका विदेशी खेलाडीलाई ईपीएलमा समावेश नगर्ने जनाएपछि टोलीहरुले नयाँ विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरिरहेका छन्।

यो संस्करणमा ईपीएलमा वेष्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले पोखरा राइनोजबाट खेल्नेछन्। वेष्ट इण्डिजकै अर्का क्रिकेटर ड्वाने स्मिथले भैरहवा ग्लाडीयटर्सबाट खेल्नेछन्।

श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगाले साविक विजेता ललितपुर प्याट्रियट्सबाट र अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाइगर्सबाट खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad