ad ad

खेल


शीतकालीन ओलम्पिक युथ टिमलाई केल्मीको साथ

शीतकालीन ओलम्पिक युथ टिमलाई केल्मीको साथ

नेपालखबर
पुस १८, २०८० बुधबार १८:३९, काठमाडौँ

दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले बुधबार खेल पोशाकको प्रायोजन गरेको छ।

केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका कार्यकारी निर्देशक उत्तम न्यौपानेले बुधबार आयोजित कार्यक्रबीच नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई खेल पोशाक हस्तान्तरण गरे।

शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो, यसमा यू–१९ स्तरमा प्रतिस्पर्धा हुने गर्छ।

यस पटकको प्रतियोगिता जनवरी १९ देखि फेब्रवरी १ सम्म आयोजना हुनेछ।

त्यसमा नेपालका तर्फबाट पुरुषमा छोवाङ मिन्गुर तामाङ र महिलामा लक्ष्मी राईले सहभागिता जनाउने छन्। उनीहरू दुवैले स्लालम र जायन्ट स्लालममा आफ्नो चुनौती पेस गर्नेछन्।

टिमको प्रशिक्षकमा सफलराम श्रेष्ठ र व्यवस्थापकमा रमा भट्टराई छन्। नेपाली टिम बिहीबार नै गाङवन प्रस्थान गर्दैछ।

प्रतियोगिता अगाडि ‘ड्रिम फ्रोजेक्ट’ कार्यक्रम अन्तर्गत १५ दिनको विशेष कार्यत्रम पनि सञ्चालन गरिनेछ।

कार्यक्रमका अवसरमा अध्यक्ष श्रेष्ठले खेल पोशाक प्रायोजकका लागि धन्यवाद व्यक्त गर्दै प्रतियोगितमा नेपालको सफल प्रदर्शनका लागि शुभकामना पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .