ad ad

खेल


प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : उपाधिका लागि आज एपीएफ क्लब र कोशी प्रदेश भिड्दै

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : उपाधिका लागि आज एपीएफ क्लब र कोशी प्रदेश भिड्दै

नेपालखबर
पुस १८, २०८० बुधबार ८:४८, काठमाडौँ

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज एपीएफ क्लब र कोशी प्रदेश भिड्दैछन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। 

एपीएफ प्रतियोगितामा अपराजित रहेर फाइनल खेल्न लागेको हो। लिग चरणमा अपराजित रहेको एपीएफले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो। 

एपीएफले पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। 

कोशी प्रदेश भने दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाएको थियो। फाइनलमा कोशी पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिन चाहन्छ। 

पहिलो क्वालिफायरमा एपीएफसँग पराजित भएपनि कोशीले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। 

अघिल्लो संस्करण एपीएफ सेमिफाइनलबाटै बाहिरिएको थियो। जुन संस्करणमा सुदूरपश्चिमले कोशीलाई हराउँदै उापधि जितेको थियो। 

यसअघि सन् २०२० मा भएको पीएम कप फाइनलमा कोशीले एपीएफलाई हराउँदै उपाधि जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .