ad ad

खेल


नेपाल सुपर लिग : आज पोखरा र धनगढी भिड्ने

नेपाल सुपर लिग : आज पोखरा र धनगढी भिड्ने

नेपालखबर
पुस ९, २०८० सोमबार ९:५६, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा आज पोखरा थन्डर्सले साविक उपविजेता धनगढी एफसीको सामना गर्दैछ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। अंक तालिकाको शीर्ष स्थानमा रहँदै पोखराले पहिलो क्वालिफायर खेल्न लागेको हो। 

लिगका ८ खेलमा पोखराले चारमा जित, ३ खेलमा बराबरी र १ खेलमा हार भोग्दै १५ अंकमा शीर्ष स्थानमा रहँदै क्वालिफायरका लागि स्थान पक्का गरेको हो। 

एनएसएलमा पोखराले पहिलो पटक क्वालिफायर खेल्न लागेको हो। पहिलो सिजनको एनएसएलमा पोखरा पाँचौं स्थानमा रहेर हेड टु हेडमा पछि पर्दै प्लेअफ पुग्नबाट बन्चित भएको थियो। 

उता धनगढी भने ३ खेलमा जित, ४ खेलमा बराबरी र १ खेलमा हार भोग्दै १३ अंकमा दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न लागेको हो। 

अघिल्लो सिजन धनगढी काठमाडौँ रेजर्ससँग पराजित हुँदै पहिलो सिजनको एनएसएल उपाधिबाट टाढिएको थियो। 

लिग चरणमा पोखरा र धनगढीले १–१ को बराबरी गर्दै अंक बाँडेका थिए। खेलको ४२ औं मिनेटमा मिलन राईको गोलमा धनगढीले सुरुआती अग्रता बनाएको थियो। 

तर खेलको अन्तिम मिनेटमा मोसेसको गोलमा पोखरा हारबाट जोगिएको थियो। आजको खेलमा पोखरा धनगढीलाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ। 

उता सन्तुलित टोलीका रुपमा देखिएको धनगढी पनि पोखरालाई पाखा लगाउँदै उपाधि नजिक पुग्ने दाउमा छ। 

यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने उपाधि नजिक पुग्न अर्को मौका पाउनेछ। 

यो खेलमा पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग फाइनल पुग्नका लागि खेल्नेछ। 

एलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्नेछन्। काठमाडौले लिगमा समान ३ खेलमा जित र बराबरीको नतिजा निकाल्दा दुई खेलमा हार भोगेको थियो। 

लिग चरणको अन्तिम खेलमा ललितपुरलाई हराएको काठमाडौँंले १२ अंकमा तेस्रो स्थानमा रहँदै प्ले अफमा लागि स्थान पक्का गरेको थियो।उता ललितपुरले भने २ खेलमा जित, ४ खेलमा बराबरी र २ खेलमा हार भोग्दै चौथो स्थानमा रहेर प्ले अफ खेल्न लागेको हो। 

ललितपुर र झापा एफसीको समान १० अंक भएपनि ललितपुर हेड टु हेडमा अघि हरँदै एलिमिनेटर खेल्न लागेको हो। 

शनिबारको पहिलो खेलमा एफसी बुटवलसँग विरगन्ज पराजित भएपछि ललितपुरले प्ले अफमा स्थान पक्का गरेको थियो। ललितपुर, झापा र बुटवलको समान १० अंक थियो। 

९ अंकमा सातौं स्थानमा रहँदै एफसी चितवनले एनएसएल यात्रा सकाए। समान ८ अंक भएपनि विरगन्ज हेड टु हेडमा अघि रहँदै आठाँै र इलाम नवौँ स्थानमा रहे।  
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .