ad ad

खेल


एनएसएल : ललितपुरविरुद्ध काठमाडौँको अग्रता

एनएसएल : ललितपुरविरुद्ध काठमाडौँको अग्रता

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस ७, २०८० शनिबार १७:५८, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीविरुद्ध काठमाडौँ रेजर्सले अग्रता बनाएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफ सकिँदा काठमाडौँले ललितपुरविरुद्ध १–० को अग्रता बनाएको हो। 

इन्ज्युरी समयमा काठमाडौँले सुरुआती अग्रता बनायो। तोजिडिनोभको पासमा आन्देस नियाले बललाई पोष्टको गति दिँदै अग्रता दिलाएका थिए। 

त्यसअघि इन्ज्युरी समयमा सोखरुखले डिबक्स नजिकबाट गरेको प्रहार पहिलो बारको नजिकबाट बाहिरिँदा अग्रता बनाउने मौका गुमायो। 

४२ औं मिनेटमा काठमाडौंमा सोखरुख एको फ्रिकिक क्रसबारमा लाग्दै बाहिरियो। त्यसकै रिवाउण्डमा दिपेश गुरुङको प्रहार ललितपुरका गोलरक्षक जफ्री विलियम मार्सेले बचाए। 

३६ औं मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङको कर्नर आकासियो। २५ औं मिनेटमा काठमाडौका दिपेश गुरुङको कर्नर ललितपुरका पापाले क्लीयर गरे। 

१९ औं मिनेटमा ललितपुरका पापा बोउको क्रस काठमाडौंका अमित तामाङल क्लीयर गरे। 

प्लेअफमा स्थान बनाउन काठमाडौँलाई आजको खेलमा जित निकाल्दै पर्ने दबाब छ। बराबरी या हारको नतिजाले पनि काठमाडौं प्लेअफबाट बाहिरिदा एफसी झापाले प्लेअफमा स्थान पक्का गर्नेछ। 

ललितपुरलाई भने बराबरी नै पर्याप्त हुनेछ। आजै भएको पहिलो खेलमा बुटवल लुम्बिनीसँग पराजित भएपछि वीरगन्ज युनाइटेड प्लेअफ दौडबाट बाहिरिँदा ललितपुरले प्लेआफमा स्थान पक्का गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .