ad ad

खेल


यस वर्ष पनि आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी

यस वर्ष पनि आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी

नेपालखबर
मंसिर २६, २०८० मंगलबार ११:४४, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा नेपालका कुनै पनि खेलाडी पर्न सकेनन्। 

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजानमा हुने आईपीएलको अक्सनमा नेपालका कुनै पनि खेलाडीको नाम पर्न सकेन।

गत वर्ष पनि आईपीएलमा नेपालका कुनै खेलाडी अक्सनमा थिएनन्। यो पटक एसोसिएट क्रिकेटबाट नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै पर्न सफल भएका छन्। 

नेपालबाट आईपीएल खेल्ने सन्दीप लामिछाने पहिलो खेलाडी हुन्। सन् २०१८ को अक्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्स तत्कालीन देल्ली डेयर डेबिल्सले २० लाख रुपैयाँमा किनेको थियो।

सन् २०२० मा दिल्लीले सन्दीपलाई फुकुवा गरेको थियो। त्यसपछिका दुई अक्सनमा सन्दीप सर्टलिस्ट भए पनि कुनै टोलीले किनेनन्।

आईपीएलको अक्सन आगामी पुस ३ गते दुबईमा हुँदै छ। अक्सनमा कूल ३ सय ३३ खेलाडी छन्। अक्सनमा  २ सय १४ भारतीय र १ सय १९ विदेशी खेलाडी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .