ad ad

खेल


एसीसी यू–१९ एसिया कप : दिपेश क्याच आउट

एसीसी यू–१९ एसिया कप : दिपेश क्याच आउट

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १३:४८, काठमाडौँ

एसीसी यू–१९ एसिया कपमा पाकिस्तान विरुद्धकाे खेलमा दिपेश कडेल क्याच आउट भएका छन्। 

संकटमा रहेको नेपालका लागि दिपेश कँडेल र उत्तम थापा मगरले नेपालको इनिङस् सम्हालेका थिए। 

छैटौं विकेटका लागि उत्तम थापा मगर र दिपेश कँडेलले १ सय बलमा ६८ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासेका थिए। नेपाल एक समय १७ ओभरको समाप्तीमा ४६–५ को अवस्थामा थियो। 

५९ बलमा २ चौका र १ छक्का हानेका दिपेश मोहम्मद जेसनको बलमा साद वेगको हातबाट ३१ रनमा क्याच आउट हुन पुगे।  

दुबईको आइसीसी एकेडेमी ओभल २ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले ३५ ओभरको खेल जारी रहँदा ६ विकेटको क्षतिमा मात्र १ सय १५ रन बनाएर खेलिरहेको छ। 

अहिले क्रिजमा विशाल विक्रम केसी आएका छन्। उत्तम ५९ बलमा २ चौका र २ छक्का हान्दै ३७ रनमा नटआउट छन्। विशाल शून्य रनमा अविजित छन्। 

ओपनर अर्जुन कुमाल २१ रन बनाउँदा क्याच आउट भए। ३७ बलमा ३ चौका हानेका अर्जुन २१ रन बनाउँदा मोहम्मद जेशनको बलमा साद वेगको हातबाट क्याच आउट भए।  

त्यसअघि १२ औं ओभरको चौथो बलमा कप्तान देव शून्य रनमा क्याच आउट भए। १३ बलको सामना गरेका देव मोहम्मद जेशको बलमा अलि अस्फानको हातबाट क्याच आउट हुन पुगे। 

अनुभवी खेलाडी गुल्सन झा १ रनमा बोल्ड आउट भए। आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठी ६ रन बनाउँदा उबैद शाहको बलमा एलबीडब्लु धरापमा परे। नेपालले पहिलो विकेटका रुपमा ओपनर तिलन भण्डारीलाई गुमाएको थियो। ७ रन बनाएका तिलक तेस्रो ओभरको दोस्रो बलमा अमिर हसनको बलमा सादवेगको हातबाट क्याच आउट हुन पुगे। 

पाकिस्तानका लागि मोहम्मद जेसनले ३ विकेट पलए। अमिर हसन, अलि अस्फन र उबैद शाहले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .