नेपालमा माघ २२ गतेबाट सुरु हुने विश्वकप लिग–टु अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा भाग लिनका लागि अमेरिकाको क्रिकेट टोली नेपालका लागि प्रस्थान गरेको छ।
नेपाल, अमेरिका र ओमानबीच सो त्रिकोणात्मक खेल हुन लागेको हो।
अमेरिकी क्रिकेटको आधिकारिक ट्विटर ह्याण्डलमार्फत् त्यहाँको टोलीले नेपालतर्फ प्रस्थान गरेको जानकारी आइतबार साँझ दिइएको हो।
‘नमस्ते नेपाल। हामी तपाईहरुकोमा आउँदैछौँ र काठमाडौं आउन साँच्चिकै उत्सुक छौँ,’ ट्विटरमा भनिएको छ।
सो त्रिकोणात्मक खेलका लागि यसअघि अमेरिका र ओमानले आआफ्ना टोली घोषणा गरेका थिए।
लिग टु नेपाल सिरिजको तालिका
माघ २२ नेपाल भर्सेज ओमान
माघ २३ ओमन भर्सेज अमेरिका
माघ २५ नेपाल भर्सेज अमेरिका
माघ २६ नेपाल भर्सेज ओमान
माघ २८ अमेरिका भर्सेज ओमान
माघ २९ नेपाल भर्सेज अमेरिका
3
Shares

प्रतिक्रिया