ad ad

खेल


एनएसएलमा आज इलाम र पोखरा आमनेसामने हुँदै

एनएसएलमा आज इलाम र पोखरा आमनेसामने हुँदै

नेपालखबर
मंसिर २०, २०८० बुधबार १३:२६, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा आज (बुधबार) स्पोर्टिङ इलाम डे मेची एफसी र पोखरा थन्डर्स आमनेसामने हुँदै छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। 

लिगमा चौथो खेल खेल्न लागेको इलाम र पोखरा दुवै टोली दोस्रो जितको खोजीमा मैदान उत्रनेछन्। 

लिगमा तेस्रो स्थानमा रहेको पोखराले १ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ। 

३ खेलबाट ५ अंक बनाएको पोखरा इलामलाई हराउँदै शीर्ष स्थानमा उक्लने योजनामा छ। 

यता छैटौँ स्थानमा रहेको इलाम पनि दोस्रो जित हासिल गर्न चाहन्छ।

इलामले दुई खेलमा हार र एक खेलमा जित निकालेको छ। इलामले आजको खेलमा जित निकाले दोस्रो स्थानमा उक्लनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .