ad ad

खेल


आर्मीलाई हराउँदै केपी अ‍ोली कपको उपाधि मधेश प्रदेशले उचाल्यो

आर्मीलाई हराउँदै केपी अ‍ोली कपको उपाधि मधेश प्रदेशले उचाल्यो

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १५:५३, काठमाडौँ

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पोखरामा सम्पन्न केपी ओली कप टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ।

शुक्रबार भएको फाइनलमन आर्मीलाई ११ रनले हराउँदै मधेशले पहिलो पटक ऐतिहासिक उपाधि जितेको हो।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा उपाधिसँगै मधेशले ५ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता आर्मीले भने २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।  

मधेसले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २४ रन मात्र बनाउन सक्यो।

आर्मीका ओपनर सन्तोष कार्की १६ र कप्तान विनोद भण्डारी ३२ रनमा एलबीडब्लु धरापमा परे।

१३ बलमा ३ चौका हानेका कार्की १६ रन बनाउँदा प्रदीप पासवानको बलमा एलबीडब्लु धरापमा परे। ३० बलमा ५ चौका हानेका कप्तन भण्डारी ३२ रनमा आउट भए। भिम सार्कीले २२ रन थपे।

विवके यादव २५ र सोमपाल कामी १६ रनमा नटआउट रहे।

मधेशका हरिशंकर शाह एक्लैले चार विकेट लिए। उनले आफ्नो स्पेलमा १९ रन खर्चे। प्रदीप पासवानले समान दुई विकेट लिए। प्रार्थिक यादवले एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रनको योगफल तयार पारेको थियो।

मधेशका विशाल पटेल ४९ रनमा नटआउट रहे। ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। प्रदिप पासवान चार रनमा अविजित रहे। ओपनर तथा कप्तान हरिशंकर शाह २७ रनमा क्याच आउट भए। हिमांशु दत्ता १४ र विशाल सुस्लिङ १० रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

आर्मीका लागि विवेक यादव र शाहब आलमले समान ३ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले समान १ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .