ad ad

समाज


उच्च अदालतको आदेशः पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डे थुनामै रहने

उच्च अदालतको आदेशः पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डे थुनामै रहने

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १५:५८, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत थुनामै रहने भएका छन्। उच्च अदालत पाटनले शुक्रबार यस्तो आदेश गरेको हो। 

यस्तै इन्द्रजित राई, आङटावा शेर्पा पनि थुनामै राख्न उच्च अदालतले भनेको छ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी १० लाख रूपैयाँ धरौटीमा छुट्ने भएका छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणका हकमा न्यायाधीशहरूबीच रायबाझी भएको छ। रायमाझीका छोरा सन्दीपसँग भने ३० लाख धरौटी माग भएको छ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख धरौटी मागिएको छ। टंक गुरूङ साधारण तारेखमा छुट्ने भएका छन्।

रामशरण केसीसँग १५ लाख धरौटी माग भएको छ।

यस्तो छ उच्च अदालत पाटनको आदेश:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .