ad ad

खेल


केपी ओली कप : बागमती प्रदेशलाई हराउँदै आर्मी फाइनलमा

केपी ओली कप : बागमती प्रदेशलाई हराउँदै आर्मी फाइनलमा

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १५:५०, काठमाडौँ

बागमती प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

बिहिबार भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशमाथि ४ विकेटको जित निकाल्दै आर्मी उपाधि नजिक पुगेको हो।

बागमतीले दिएको १ सय २८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो।

आर्मीका भिम सार्कीले सर्वाधिक ३९ रनको योगदान दिए। कुशल मल्लले २७ र कप्तान विनोद भण्डारीले २५ रन थपे। सोमपाल कामी १५ र राजेश पुलामी १ रनमा नटआउट रहे।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। प्रतिस जिसी, इशान पाण्डे, सोनु देवकोटा र रित गौतमले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २७ रनको योगफल तयार पारेको थियो।

प्रतिक श्रेष्ठले अर्धशतक बनाएपनि त्यो जितका लागि पर्याप्त भएन। ३५ बलमा ३ चौका र ४ चौका हानेका प्रतिक ५० रनमा नटआउट रहे।

सन्दीप लामिछाने १९ रनमा क्याच आउट भए। रित गौतमले १४ र इशान पाण्डेले १२ रन बनाए।

आर्मीमा साहब आलम एक्लैले चार विकेट लिए। सोमपाल कामीले २ तथा विवेक यादवले १ विकेट लिए।

आर्मीले अब उपाधिका लागि एपीएफ र मधेश प्रदेशबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .