खेल


आहा रारा गोल्डकप फागुन २२ देखि, ९९ लाख खर्च हुने

आहा रारा गोल्डकप फागुन २२ देखि, ९९ लाख खर्च हुने

नेपालखबर
माघ १९, २०७६ आइतबार ७:१०,

मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता फागुन चौथो साता हुने भएको छ। आयोजक सहारा क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै १८औँ संस्करण फागुन २२ देखि चैत १ गतेसम्म हुने जानकारी दिएको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय गोल्डकप फुटबल प्रतियोगिता अखिल नेपाल फुटबल संघ एन्फाले तोकेकै मितिमा नै गर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए। प्रतियोगिता निर्माणाधीन पोखरा रंगशालामा नै गर्ने तयारी गरिएको छ।

प्रतियोगितामा ए डिभिजन र मोफसलका क्लबहरु, विदेशी टोली र आयोजक सहारा क्लबसहित १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष केशव थापामगरले जानकारी दिए। प्रतियोगितामा वेष्ट अफ फाइभ, हरेक खेलमा म्यान अफ दि म्याच, सर्वाेत्कृष्ट खेलाडीको लागि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेताले पाउने पुरस्कार रकमका बारेमा अर्को पत्रकार सम्मेलनमा जानकारी गराइने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने र १ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी हुने आयोजकले अनुमानले गरेको छ।

क्याराभान गोल्डकपसहित १९ वर्षदेखि प्रतियोगिता आयोजना हुुँदै आएको छ। प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सञ्चालनका लागि खर्च गरिने क्लबका अध्यक्ष थापामगरले बताए। एकेडेमीको तेस्रो ब्याचमा हाल १५ जिल्लाका २४ बालकहरु आश्रित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad