ad ad

खेल


केपी ओली कप टी–२० :  कोशीलाई हराउँदै त्रिभुवन आर्मी क्बल सेमिफाइनलमा प्रवेश

केपी ओली कप टी–२० :  कोशीलाई हराउँदै त्रिभुवन आर्मी क्बल सेमिफाइनलमा प्रवेश

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १७:८, काठमाडौँ

पोखरामा जारी केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। 

मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ३९ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएसँगै अन्तिम चारको समीकरण पूरा भएको हो। 

समूह ए बाट बागमती प्रदेश, समूह बी बाट एपीएफ र सी बाट मधेशले अन्तिम चारमा स्थान बनाइसकेका छन्।

आर्मीले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको प्रदेश १ १८.२ ओभरमा १ सय ४७ रन बनाउँदा अलआउट भयो। 

कोशीका सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए। समिर कार्कीले ३४ र सुजन थपलियाले २१ रन थपे। मिनास थापाले १६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कोशीलाई कम स्कोरमा रोक्न आर्मीका सोमपाल कामी र विवेक यादवले समान २ विकेट लिए। 

त्यअसघि आर्मीका सन्तोष कार्की अर्धशतक प्रहार गर्दै रिटार्यट हर्ट भए। भिम सार्कीले अर्धशतक पूरा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .