ad ad

बागमती


मकवानपुरको राक्सिराङबाट कटुवा पेस्तोल र गोली बरामद

मकवानपुरको राक्सिराङबाट कटुवा पेस्तोल र गोली बरामद

राक्सिराङ गाउँपालिकाबाट देखिएको एक दृश्य (तस्बिर : पालिकाको वेबसाइट)


नेपालखबर
मंसिर १२, २०८० मंगलबार १७:१३, हेटौंडा

मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद गरेको छ। प्रहरीले राक्सिराङको वडा नम्बर १ दुंगुखोलाबाट दुईवटा गोलीसहित एक थान कटुवा पेस्तोल बरामद गरेको हो।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार एकजना व्यक्तिले स्थानीयको पसलअगाडि कटुवा पेस्तोल देखाउँदै हिडेको भन्ने खबर स्थानीयले दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी आउने चाल पाएपछि उक्त व्यक्तिले गोली पेस्तोल सहितको गोली छोडेर फरार भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पेस्तोल र गोली भने बरामद गरेको हो।

प्रहरी घटनास्थल पुग्नुअगावै स्थानीयले उक्त व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा पेस्तोल र गोली भुइँमा राखी उक्त व्यक्ति फरार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

प्रहरीका अनुसार फरार व्यक्तिको खोजीकार्य भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .