ad ad

खेल


केपी ओली कप : मधेश प्रदेशको पहिलो जित

केपी ओली कप : मधेश प्रदेशको पहिलो जित

नेपालखबर
मंसिर ११, २०८० सोमबार १२:२२, काठमाडौँ

पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ। 

मधेश प्रदेश समूह चरणको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ५७ रनले पराजित भएको थियो। 

सुदूरपश्चिम प्रदेशले दिएको ५९ रनको झिनो लक्ष्य मधेसले ४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

मधेशका लागि इमरान शेख १७ र पवन सर्राफ १४ रनमा नटआउट रहे। अनिल साह २५ रनमा क्याच आउट भए। ओपनर तथा कप्तान हरिशकंर शाह शून्य रनमा बोल्ड आउट भए। 

सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले २ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५.५ ओभरमा ५८ रन बनाउँदा अलआउट भयो। 

सुदूर पश्चिमका लागि नरेन साउदले बनाएको १८ रन नै सर्वाधिक रह्यो। भोजराज भट्ट र किरण ठगुन्नाले समान १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।्

मधेशका लागि हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्पेलमा ११ रन दिए। रुपेश साहले ३ विकेट लिए। उनले २.५ ओभरमा १ मेडन राख्दै ७ रन खर्चे। 

विशाल पटेल, प्रदिप पाश्वान र विशाल सुश्लिङले समान एक विकेट आफ्नो नाममा गरे। 

समूह ‘सी’ मा पुलिस क्लब र मधेश प्रदेशको समान २ अंक छ। सुदूरपश्चिम अंक विहीन छ। समूह चरणको अन्तिम खेलमा पुलिस क्लब र मधेश प्रदेश भिड्नेछन्। 

आजै हुने दोस्रो खेलमा समूह ‘डी’ का त्रिभुवन आर्मी क्लब र मदन भण्डारी स्पोर्टस् एकेडेकी निलो भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .