ad ad

खेल


केपी ओली कप : गण्डकीको हारले एपीएफ सेमिफाइलमा

केपी ओली कप : गण्डकीको हारले एपीएफ सेमिफाइलमा

नेपालखबर
मंसिर १०, २०८० आइतबार १२:५५, काठमाडौँ

लुम्बिनी प्रदेशसँग ५ रनले पराजित हुँदै गण्डकी प्रदेश पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिएको छ। 

गण्डकीको हारको कारण एपीएफ भने सेमिफाइनलमा पुगेको छ।

समूह चरणको अन्तिम खेलमा गण्डकीमाथि जित निकाले पनि लुम्बिनी अन्तिम चारमा पुग्न सकेन। 

समूह ‘बी’ मा रहेका एपीएफ, गण्डकी र लुम्बिनीको समान २ अंक भएपनि नट रनरेटमा एपीएफ अघि रहँदै सेमिफाइनलमा पुगेको हो। 

आइतबार लुम्बिनी प्रदेशले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश १८.५ ओभरमा ९८ रनमा अलआउट भयो। 

सुदिप अर्यालले सर्वाधिक ३५ रनको योगदान दिए। २४ बलको सामना गरेका सुदिपले २ चौका र ४ छक्का प्रहार गरे। चन्द्र पौडेल ३ रनमा नटआउट रहे। 

कप्तान विपिन खत्रीले १४ बलमा २ छक्का र १ चौका हान्दै १९ रन बनाए।  

दिनेश बुढा मगरले १३ र कमल परियारले ११ रन थपे। गौरव विक, मुस्कार थापा र अमृत गुरुङले समान १ रन बनाए। 

गण्डकीलाई रोक्न लुम्बिनीका लागि एमडी हुसैन एक्लैले चार विकेछ लिए। किफायती बलिङ गरेका उनले ३.५ ओभरमा मात्र ९ रन दिए। अजय लुनियाले ३ विकेट लिए। रमेश कुर्मीले २ विकेट लिए। अविशेक गौतमले एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि पोखरा रगंशाला भित्र रहेको क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३ रनको योगफल तयार पारेको थियो। 

लुम्बिनीका लागि धुव्र सुनार र नर सार्कीले समान २३ रन बनाए। विराट भण्डारीले १६ र ओपनर मिर्नल गुरुङले ११ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

गण्डकीका लागि अमृत गुरुङ एक्लैले तिन विकेट दिए। उनले आफ्नो स्पेलमा २५ रन दिए। चन्द्र पौडेलले चार ओभरमा १४ रन दिएर २ विकेट झारे। विपिन खत्री, सुदीप अर्याल र दिनेश बुढामगरले समान एक विकेट लिए। 

आजै हुने समूह सी को अर्को खेलमा मधेश प्रदेश र नेपाल पुलिस क्लव खेल्नेछन्। खेल सोही मैदानमा दिउँसो १ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .