ad ad

खेल


ड्याली अल्भेसलाई हुनसक्छ नौ वर्ष जेल सजाय

ड्याली अल्भेसलाई हुनसक्छ नौ वर्ष जेल सजाय

नेपालखबर
मंसिर १०, २०८० आइतबार १३:४, काठमाडौँ

बार्सिलोना तथा ब्राजिलका पूर्व स्टार ड्याली अल्भेसलाई नाइट क्लबमा महिलामाथि यौन दुर्व्यवहार  र कुटपिट गरेको आरोपमा ९ वर्ष जेल सजाय हुन सक्नेछ।

बार्सिलोना तथा ब्राजिलका पूर्व स्टार ड्याली अल्भेसलाई नाइट क्लबमा महिलामाथि यौन दुव्र्यवहार  र कुटपिट गरेको आरोपमा ९ वर्ष जेल सजाय हुन सक्नेछ।

अभियोजकले उनलाई सजायका लागि दबाब दिइरहेका छन्। साथै १ लाख ३० हजार पाउन्ड क्षतिपूर्तिको माग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफइ न्युज एजेन्सीले जनाएको छ।

४० वर्षीय अल्भेसलाई गत जनवरी २० मा पक्राउ गरि बार्सिलोना बाहिरको जेलमा राखिएको थियो। अल्भेसलाई विवादको केन्द्रमा रहेको क्याटालुनियाको जेल ब्रायनस १ मा हिरासतमा राखिएको थियो।

पूर्व सेभिल्ला, युभेन्टस् र पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डरले सुरुमा उनीसँग यौन सम्पर्क भएको कुरा अस्वीकार गरेपनि पछि सहमतिमा नै सम्पर्क भएको बताएका थिए।
अल्भेसले चार पटक आफ्नो बयान परिवर्तन गरेपछि उनलाई यो महिनाको सुरुमा मुद्दा चलाउन आदेश दिइएको थियो।

अल्भेस गत डिसेम्बर ३० मा बार्सिलोनाको सटन नाइट क्लबको बाथरुममा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका थिए। उनलाई जनवरीमा न्यायाधीशहरुले जमानत अस्वीकार गरेका थिए।

आगामी सुनुवाइमा महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा दोषी ठहर भए नौ वर्षको जेल सजाय भोग्नुपर्नेछ।

अल्भेस पक्राउ पर्नुअघि मेक्सिकन क्लब युएनएएमबाट खेल्दै आएका थिए।

यौन दुव्र्यवहारको आरोप लागेपछि गत जनवरीमा अल्भेसकी श्रीमती जोआना सान्जले सामाजिक सञ्जालमार्फत फुटबलरबाट अलग भएको पुष्टि गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .