ad ad

खेल


एनएसएल : शनिबारका दुई खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी विजयी

एनएसएल : शनिबारका दुई खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी विजयी

नेपालखबर
मंसिर ९, २०८० शनिबार २०:११, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजन अन्तर्गत शनिबार दुईवटा खेल भएका छन्। पहिलो खेल पोखरा थन्डर्स र एफसी चितवनबीच भएको थियो भने दोस्रो खेल ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच भएको थियो। 

पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० गोलले पराजित ग¥यो। त्यस्तै, शनिबार नै भएको दोस्रो खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसी विरुद्ध २–० को जित निकालेको छ। 

दशरथ रंगशालामा भएको खेलमा विदेशी खेलाडी मोसेस ग्याबा त्वामको गोलमा पोखराले चितवनलाई हराएको हो। 

जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ।

त्यस्तै, दोस्रो खेलमा ललितपुरका लागि दिनेश हेन्जन र अनन्त तामाङले एक एक गोल गरे।

२६औं मिनेटमा पहिलो गोल गरेको ललितपुरले ३२ औं मिनेटमा अर्का गोल थप्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .