ad ad

खेल


अस्ट्रेलियाविरुद्ध खेलको तयारी गर्दै बाबर आजम, सार्वजनिक गरे भिडिओ

अस्ट्रेलियाविरुद्ध खेलको तयारी गर्दै बाबर आजम, सार्वजनिक गरे भिडिओ

नेपालखबर
मंसिर ५, २०८० मंगलबार ७:३०, काठमाडौँ

पाकिस्तानले एकदिवसीय विश्व च्याम्पियन र आईसीसी टेस्ट च्याम्पियनसिप विजेता अस्ट्रेलियाविरुद्धको तीन टेस्टको शृंखलाका लागि आफ्नो टोली घोषणा गरेको छ ।

टोली घोषणासँगै पूर्वकप्तान बाबर आजमले तयारी सुरु गरेका छन्। उनले अभ्यासको भिडिओ पोस्ट गरेका छन्।

पाकिस्तान क्रिकेट बोर्डले सोमबार १८ सदस्यीय टोली घोषणा गरेको छ।

यो जानकारी सामाजिक सञ्जाल साइट एक्समा दिइएको छ।

बाबर आजमले राजीनामा दिएपछि पाकिस्तानको टेस्ट कप्तान बनेका शान मसुदको नेतृत्वमा यो टोली अस्ट्रेलियाको भ्रमणमा जानेछ ।

पाकिस्तानले त्यहाँ पर्थ, मेलबर्न र सिड्नीमा तीन टेस्ट खेल्नेछ। पहिलो टेस्ट डिसेम्बर १४ मा हुनेछ। 

यस्तो छ पाकिस्तानको टोली 

आमिर जमाल, अब्दुल्ला शफिक, अबरार अहमद, बाबर आजम, फहिम अशरफ, हसन अली, इमाम उल हक, खुर्रम शहजाद, मीर हमजा, मोहम्मद रिजवान, मोहम्मद वसीम जुनियर, नोमान अली, साम अयुब, सलमान अली आगा, सरफराज अहमद, साउद शकिल र शाहिन शाह अफ्रिदी।

अस्ट्रेलिया भ्रमणमा हुने टेस्ट सिरिजका लागि टोली घोषणा हुनासाथ बाबर आजमले अभ्यास थालेका हुन्। 

उनले आफ्नो अभ्यासको भिडिओ सोसल मिडिया साइट एक्समा सेयर गरेका छन्। 

विश्वकपमा टोलीको खराब प्रदर्शनपछि बाबर आजमको आलोचना भएको थियो। यसपछि उनले कप्तानबाट राजीनामा दिए।

भिडिओ-

Back in harness 🏏 pic.twitter.com/ocYbtX8FTa

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .