ad ad

खेल


विश्वकप फाइनल भारतले जित्ला कि अस्ट्रेलियाले? यस्तो छ अस्ट्रेलियाली पत्रिकाको विश्लेषण

विश्वकप फाइनल भारतले जित्ला कि अस्ट्रेलियाले? यस्तो छ अस्ट्रेलियाली पत्रिकाको विश्लेषण

नेपालखबर
मंसिर ३, २०८० आइतबार १३:४६, काठमाडौँ

एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलअघि अस्ट्रेलियाका पत्रिकाहरूले जित–हारको विषयमा विश्लेषण गरेका छन्।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज हुने फाइनलमा भारत र अस्ट्रेलिया भिड्दै छन्। खेल अहिले दिउँसो २ बजे सुरु हुँदै छ। 

घरेलु मैदान भएकाले भारतीय टोलीबाट अपेक्षा धेरै रहेको अस्ट्रेलियाका ती पत्रिकाले उल्लेख गरेका छन्। 

‘गार्डियन अस्ट्रेलिया’ को एउटा स्तम्भमा ज्योफ लिमनले ठूलो उलटपुलट भए अस्ट्रेलिया विश्वको उत्कृष्ट टिम नरहने तर अस्ट्रेलियाली टोलीले जित्यो भने विश्वकपमा उसको उत्कृष्ट जित हुने लेखेका छन्।

डेनियल ब्रेटिङ्ले ‘सिडनी मर्निङ हेराल्ड’मा लेखेका छन्, ‘यो डराएको अस्ट्रेलिया थियो, जसले एक महिनाअघि उद्घाटन खेलमा चेन्नईको चर्को गर्मीमा आफ्नो इनिङ्सको गतिलाई सुस्त बनाइदिएको थियो। डरले काम गर्दैन र अस्ट्रेलियाका कप्तान प्याट कमिन्स यो कुरा राम्ररी बुझ्छन्।’

‘द अस्ट्रेलियन’का रोबर्ट क्र्याडकले लेखेका छन्, ‘विराट कोहलीलाई रोक्न अस्ट्रेलियाले बाटो खोज्नुपर्छ। साथै भारतीय बलिङको लय बिगार्ने नीति पनि बनाउनुपर्नेछ।’

उनले लेखेका छन्, ‘अस्ट्रेलियाले यो बुझ्नु आवश्यक छ कि उनीहरू विश्वका सबैभन्दा अन्डररेटेड बलर स्विङम्यान मोहम्मद शामीसँग होसियार हुनुपर्छ र उनलाई सम्मान दिनुपर्छ। उनीविरुद्ध अस्ट्रेलियाका ब्याट्सम्यानले उत्कृष्ट रणनीति अपनाउनुपर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .