ad ad

खेल


भारतविरुद्ध सेमिफाइनल खेल्नुअघि न्युजिल्यान्डका कप्तानको चेतावनी- जे पनि हुन सक्छ

भारतविरुद्ध सेमिफाइनल खेल्नुअघि न्युजिल्यान्डका कप्तानको चेतावनी- जे पनि हुन सक्छ

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार २२:७, काठमाडौँ

विश्वकपको पहिलो सेमिफाइनलअघि न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भारतीय टोलीलाई मुम्बईमा ‘जे पनि हुनसक्ने’ चेतावनी दिएका छन्।

भारत र न्युजिल्यान्डबीच भोलि (बुधबार) मुम्बईमा सेमिफाइनल भिडन्त हुँदै छ। जारी  विश्वकप क्रिकेटमा अहिलेसम्म अपराजित भारतीय टोलीले न्युजिल्यान्डलाई पनि लिग राउन्डमा हराएको थियो।

उक्त खेलमा केन विलियमसन खेलेका थिएनन्। त्यसपछि उनी चोटका कारण प्लेइङ इलेभेनबाट बाहिर भएका थिए।

खेलअघि मिडियासँग कुरा गर्दै केन विलियम्सनले भने, ‘यदि हामीले आफ्नो क्षमताअनुसार खेल्यौँ भने जे पनि हुनसक्छ।’

आईसीसी प्रतियोगितामा भारतविरुद्ध न्युजिल्यान्डको रेकर्ड राम्रो छ। न्युजिल्यान्डले २०१९ विश्वकपको सेमिफाइनलमा भारतलाई हराएको थियो। 

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि न्युजिल्यान्डले भारतलाई हराएको थियो।

न्युजिल्यान्डका कप्तानले विश्वकपमा भारतीय टोलीको प्रदर्शन विशेष रहेको तर सेमिफाइनलमा दुवै टोलीले बराबरी खेल्ने सम्भावना रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .