ad ad

खेल


विश्वकपमा छनोट हुँदा मुलपानीमा देखिएको उत्साह (तस्बिरहरू)

विश्वकपमा छनोट हुँदा मुलपानीमा देखिएको उत्साह (तस्बिरहरू)

सरोज नेपाल
कात्तिक १७, २०८० शुक्रबार १४:४६, काठमाडौँ

नेपाल विश्वकपमा छनौट भएको छ। शुक्रबार भएको आइसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो।

घरेलु मैदानमा युएईलाई पराजित गरेपछि नेपालले अर्को वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गरेको छ। यो सँगै नेपालले ९ वर्षपछि विश्वकप खेल्ने भएको छ।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। जुन टी २० क्रिकेटको इतिहासमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो।

यसअघि टी २० विश्वकप खेल्ने टोलीका सोमपाल कामी मात्र अहिले छनोट हुने सफल टोलीमा पनि छन्।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले आजको खेलमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेको थियो।

एसियाबाट दुई टोली विश्व कपका लागि छनोट हुँदा ओमानले पनि आफ्नो स्थान पक्का गरेको छ। नेपालले अब विश्वकप छनोट एसिया छनोट फाइनलको उपाधिका लागि ओमानसँग खेल्नेछ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .