ad ad

खेल


ओमानले बहराइनसँग सेमिफाइनल खेल्ने

ओमानले बहराइनसँग सेमिफाइनल खेल्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १६:५७, काठमाडौँ

आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनलको सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार भएको खेलमा बहराइन कुवेतसँग ४ विकेटले पराजित भएपनि नेटरनरेटमा अघि रहँदै सेमिफाइनल खेल्ने भएको हो। 

बहराइनले फाइनल प्रवेशका लागि समूह ए को विजेता ओमानसँग खेल्नेछ। बहराइन र ओमानबिचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ। 

समूह चरणको अन्तिम खेलमा कुवेतसँग ४ विकेटले पराजित भएको बहराइन नेटरनरेटमा अघि रहँदै सेमिफाइनल खेल्न लागेको हो। 

समूह चरणका बहराइनले १ खेलमा जित र एक खेलमा हार भोगेको थियो। 

समूह–बी मा रहेको युएई अपराजित रहेर सेमिफाइल खेल्न लागेको हो। यो समूहमा बहराइन, हङकङ र कुवेतको समान तिन अंक भएपनि नेटरनरेटका आधारमा बहराइनले अन्तिम चार खेल्ने मौका पाएको हो। 

आजै भएको समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै नेपालले यूएईसँगको भेट पक्का गरेको हो। 

समूह–बी को अन्तिम खेलमा युएईले भने हङकङलाई २२ रनले पराजित गरेको थियो। नेपाल र यूएईबीचको सेमिफाइनल खेल माथिल्लो मुलपानी मैदानमा हुनेछ। 

आजै भएको समूह–ए को अन्तिम खेलमा मलेसियाले सिंगापुरलाई ६० रनले हराउँदै शान्त्वना जित हात पारेको छ। सिंगापुर भने जिविहीन रुपमा छनोट खेल अन्त्य गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .