ad ad

खेल


अस्ट्रेलियालाई अर्को झट्का, विश्वकप छाडेर स्वदेश फर्किए अलराउन्डर मार्स

अस्ट्रेलियालाई अर्को झट्का, विश्वकप छाडेर स्वदेश फर्किए अलराउन्डर मार्स

रासस/एएफपी
कात्तिक १६, २०८० बिहिबार १४:१७, सिड्नी

अलराउन्डर मिच मार्स व्यक्तिगत कारण स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ। स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन्।

ग्लेन म्याक्सवेल गल्फ कार्ट (बग्गी) बाट लडेर चोटका कारण खेलबाट बाहिरिएसँगै अहमदाबादमा यसै साता अन्त्यमा इङ्गल्यान्डसँगको भिडन्तअघि मार्सको अनुपस्थिति अस्ट्रेलियाका लागि अर्को झट्का हो। 

क्रिकेट अस्ट्रेलियाले मार्सका बारेमा ट्विटरमा भनेको छ, “टिममा उनको फिर्तीको समयसीमा निश्चित हुन बाँकी छ।”

१५ सदस्यीय टिममा कसैलाई प्रतिस्थापनका लागि बोलाइने हो वा होइन, स्पष्ट भएको छैन।

बत्तीस वर्षीय अस्ट्रेलियाको टी–२० का कप्तान मार्स विश्वकपमा राम्रो फर्ममा छन् र अहिलेसम्म ३७ दशमलव ५० को औसतमा दुई सय २५ रन बनाइसकेका छन्।

पाकिस्तानविरुद्ध डेभिड वार्नरसँग दुई सय ५९ रनको सुरुआती साझेदारीमा उनले एक सय २१ रनको सानदार पारी खेलेका थिए। 

मार्स र म्याक्सवेल दुवै टिमबाट बाहिर भएपछि मार्क स्टोइनिस वा क्यामरुन ग्रिनलाई जोस बटलरको सङ्घर्षरत इङ्गल्यान्डको सामना गर्नका लागि तयार भएको देखिएको छ। इङ्गल्यान्ड अहिलेसम्म ६ खेलमा मात्र दुई खेल जितेर १० टिममा अन्तिम स्थानमा छ। 

अहिले तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले आफ्नो अभियान सुस्त गतिमा गरेपछि लगातार चार खेल जितेको छ। सोमबार गल्फको एक राउन्ड खेलपछि अँध्यारोमा बग्गी पछाडिबाट खसेपछि म्याक्सवेल कन्कसन प्रोटोकलअन्तर्गत अनुपलब्ध छन् किनकि भारतमा लगातारको टुर्नामेन्टका क्रममा खेलाडीहरूले विश्राम लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .