ad ad

खेल


चार वर्षदेखि ओमानविरुद्ध हावी नेपाल आज बन्ला त समूह विजेता?

चार वर्षदेखि ओमानविरुद्ध हावी नेपाल आज बन्ला त समूह विजेता?

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०८० बिहिबार ८:८, काठमाडौँ

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज बिहीबार नेपाल ओमानसँग भिड्दै छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। 

समूह ‘ए’का नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनलमा पुगिसकेका छन्।

आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ। त्यसैले यो खेललाई निकै महत्त्वका साथ हेरिएको छ। 

समूह बीबाट सेमिफाइनल खेल्ने दुवै टोलीको टुंगो भने आज लाग्नेछ। समूह बीमा रहेका चारै टोलीको सेमिफाइनल खेल्ने सम्भावना उत्तिकै छ। 

समूह एको विजेताले समूह ‘बी’को उपविजेतासँग त्रिवि मैदानमै र समूह ‘बी’को विजेताले समूह ‘ए’को उपविजेतासँग मूलपानी मैदानमा सेमिफाइनल खेल्नेछन्। 

समूह चरणमा अहिलेसम्म नेपाल र ओमान दुवै अपराजित बन्दै अन्तिम चारमा पुगिसकेका छन्।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानले मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो। 

छनोटको पहिलो खेलअघि अभ्यासका क्रममा घाइते भएका दीपेन्द्र सिंह ऐरीको आभाव भने मैदानमा देखिनेछ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेका दीपेन्द्रको बायाँ खुट्टाको घुँडामा चोट लाग्दा उनले छनोटका सबै खेल गुमाएका छन्। उनको स्थान विवेक यादवले लिएका छन्। 

टी-२० आईका पछिल्ला पाँच खेलमा ओमान अपराजित छ। 

नेपालले भने चार खेलमा जित निकालेको छ भने एक खेलमा हार भोगेको छ।

नेपाल पछिल्लोपटक घरेलु मैदानमै भएको हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजको फाइनलमा यूएईसँग हारेको थियो। 

हेड टु हेड 
नेपाल र ओमानबीच अहिलेसम्म भएका भेटमा नेपाल हावी छ। 

टी-२० आईमा नेपाल र ओमानबीच चारपटक भेट भएको छ। जसमा नेपाल तीनपटक विजयी भएको छ। 

सन् २०१९ मा चार देश सम्मिलित सिरिजमा नेपाल ओमानसँग हारेको थियो। ओमानको घरेलु मैदानमा भएको खेलमा नेपाल ६४ रनमा अल आउट भई ६ विकेटले हारेको थियो। 

त्यसपछि सन् २०२२ को फेब्रुअरीमा नेपाल र ओमानबीच तीन खेल भएका थिए। 

यी तीनै खेलमा नेपाल विजयी भएको थियो। ओमानको घरेलु मैदानमा भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो। 

सन् २०२२ भएको आईसीसी टी–२० विश्वकप छनोट एको समूह चरणमा नेपालले ओमान ३९ रनले हराएको थियो। तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ९ विकेटको जित हासिल गरेको थियो। 

त्यसयता नेपाल र ओमान पहिलोपटक आमनेसामने हुन लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .