ad ad

खेल


२१ वर्षमुनिको विश्वकै उत्कृष्ट खेलाडीको कोपा ट्रफी बेलिङह्यामलाई

२१ वर्षमुनिको विश्वकै उत्कृष्ट खेलाडीको कोपा ट्रफी बेलिङह्यामलाई

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार ७:२३, काठमाडौँ

इंग्ल्यान्ड तथा रियल मड्रिडका मिडफिल्डर जुडे बेलिङह्यामले २१ वर्षमुनिको विश्वकै उत्कृष्ट खेलाडीको कोपा ट्रफी जितेका छन्। 

पेरिसमा सोमबार राति भएको बालोन डी ओर समारोहमा २० वर्षीय खेलाडी बेलिङह्यामलाई सम्मान गरिएको हो। 

बेलिङह्यामले रियल मड्रिड करियरको सानदार सुरुवात गरेका छन्। यो समरमा क्लबमा जोडिएपछि उनले आफ्नो पहिलो १३ खेलमा १३ गोल गरेका छन्। 

कोपा ट्रफीले गत सिजन उनले गरेको प्रदर्शनलाई न्याय गरेको छ। गत सिजन उनले बोरुसिया डर्टमुन्डका लागि ४२ खेलमा १४ गोल गरेका थिए। 

अवार्ड जितेपछि उनले भने, ‘विश्वका उत्कृष्ट खेलाडीसँग खेल्न पाउनु सम्मानको कुरा हो। यो ट्रफी जित्नुको अर्थ धेरै छ। तर मेरा लागि महत्त्वपूर्ण कुरा टोली हो, रियल र इंग्ल्यान्डलाई धेरै वर्षसम्म उपाधि जिताउन मद्दत गर्न सक्नु हो।’

यसैबीच विश्वकप च्याम्पियन अर्जेन्टिना तथा एस्टोन भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले विश्वकै उत्कृष्ट गोलकिपरको यासिन ट्रफी जितेका छन्। 

विश्वकपमा मार्टिनेजले गोल्डेन ग्लोभ जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .