ad ad

खेल


टी-२० विश्वकप छनोट : सन्दीपले लिए दुई विकेट

टी-२० विश्वकप छनोट : सन्दीपले लिए दुई विकेट

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०८० सोमबार १०:२, काठमाडौँ

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत घरेलु टोली नेपालले सिंगापुरविरुद्ध उत्कृष्ट प्रर्दशन गरिरहेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिगांपुरले  ११ औं ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा ७५ रन बनाएर खेलिरहेको छ। 

सिंगापुरविरुद्ध गुलसन झा र सन्दीप लामिछानेले समान दुई विकेट लिए। करण केसीले एक विकेट लिए। 

नेपालका लागि करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै ओपनर तथा कप्तान आत्रिया दत्तालाई शुन्य रनमा नै पवेलियनको बाटो देखाए। 

गुलसन झाले आठौं ओभरको पहिलो बलमा ओपनर रोहन रगांराजनलाई क्याच आउट गरे। रोहन लामो सट खेल्ने धुनमा रहेका रोहन ४६ रन बनाउँदा सन्दीप जोराको हातबाट क्याच आउट भए। 

सोही ओभरको पाचौं बलमा गुलसनले अर्मात्या कउललाई शुन्य रनमा क्याच आउट गरे। सन्दीप लामिछानेले सातौँ ओभरको अन्तिम बलमा सुरेन्द्र चन्दमोहनलाई ६ रन बनाउँदा पवेलियनको बाटो देखाए। 

सन्दीपले ११ औं ओभरको पहिलो बलमा जनक प्रकाशलाई एलबीडब्लु धरापमा पारे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .