ad ad

खेल


जापानलाई हराउँदै नेपाल एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा

जापानलाई हराउँदै नेपाल एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा

नेपालखबर
कात्तिक ४, २०८० शनिबार १४:४२, काठमाडौँ

जापानलाई डिएल मेथडमा पराजित गर्दै नेपाली युवा टोली मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।

फाइनलमा पुगेसँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ।

शनिबार भएको पहिलो सेमिफाइनलमा जापानलाई डक वर्थ लेविस पद्धतीमा १ सय ४४ रनले हराउँदै नेपाल अपराजित रुपमा उपाधि नजिक पुगेको हो।

नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको जापान ११.५ ओभरमा ४३ रनमा समेटियो।

जापानका दुई खेलाडीले मात्र दोहोरो अंकको स्कोर छुन सके। अन्य ब्याटर सस्तैमा समेटिए।

जापानका सोतारो हिरात्सुकाले १५ र केइफर योमामाटो लाकेले १४ रन बनाए।

जापानलाई सस्तैमा रोक्न हेमन्त धामी र दिपेश कडेलले समान ३ विकेट लिए। सुवास भण्डारीले २ तथा आकाश चन्दले एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित वायोमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो। २५ ओभरको खेल जारी रहँदा वर्षाका कारण खेल प्रभावित भएपछि ओभर छोट्टाइएको थियो।

ओभर घटाइएको खेलमा जापानले २२ ओभरमा १ सय ८७ रनको नयाँ लक्ष्य पाएको थियो।

दोस्रो विकेटका लागि दिपक बोहोरा र आकाश त्रिपाठीले ८५ बलमा ९३ रनको साझेदारी गरेका थिए। ओपनर दीपक ७० बलमा ७९ रन बनाउँदा क्याच आउट भए।

त्यसअघि ओपनर अर्जुन कुमाल १० रनमा क्याच आउट भए।

आकाश त्रिपाटी ३५ र कप्तान देव खनाल ८ रनमा नटआउट रहे।

नेपालले अब उपाधिका मंगलबार युएईसँग खेल्नेछ।

आजै भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई हराउँदै युएईले फाइनलमा स्थान बनाएको थियो।

फाइनलमा पुगेका नेपाल र युएईले एसिया कपमा स्थान पक्का गरेका छन्। तेस्रो स्थानका लागि जापान र सिंगापुर खेल्नेछन्। यो खेलको विजेताले पनि एसिया कपमा स्थान बनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .