ad ad

खेल


नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य

नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०८० शनिबार १२:४६, काठमाडौँ

घरेलु मैदानमा जारी यूएई सम्मिलित त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले कुशल मल्लको उत्कृष्ट ब्याटिङमा हङकङसामु २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १३ रनको योगफल तयार पारेको हो।

नेपालका लागि कुशल मल्लले ४२ रनको सर्वाधिक रन जोडे। ४१ बलको सामना गरेका कुशलले ३ चौका र ९ छक्का हाने। 

दीपेन्द्रसिंह ऐरीले ५२ रन थपे। आशिफ शेखले २० तथा कप्तान रोहित पौडेलले ११ रन बनाए।

ओपनर कुशल भुर्तेल २ रनमा एलबीडब्ल्यू धरापमा परे। सोमपाल कामीले ८ रन थपे। कप्तान रोहित पौडेल ११ रन बनाउँदा बोल्ड आउट भए। 

हङकङका लागि हारोन हर्सद र मोहम्मदले समान २/२ विकेट लिए। 

हङकङले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। 

जारी टी–२० सिरिजमा नेपालले दुई खेल जितेको छ। नेपालले गत बिहीबार हङकङलाई ६ विकेट र गत बुधबार यूएईलाई ७ विकेटले हराएको हो। 

भोलि आइतबार हङकङ र यूएईबीच प्रतिस्पर्धा हुँदै छ भने पर्सि सोमबार नेपाल र यूएई तथा बुधबार हङकङ र यूएई भिड्दै छन्। 

अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबीच शुक्रबार फाइनल खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .