ad ad

खेल


स्विस नागरिक मारिएपछि बेल्जियम र स्विडेनबीचको खेल रद्द

स्विस नागरिक मारिएपछि बेल्जियम र स्विडेनबीचको खेल रद्द

नेपालखबर
असोज ३०, २०८० मंगलबार ९:५०, काठमाडौँ

ब्रसेल्समा २ जना स्विस नागरिकको गोली हानी हत्या भएपछि युरो कप २०२४ को बेल्जियम र स्विडेनबीचको खेल रद्द भएको छ। 

युरो कप २०२४ को छनोट खेल असुरक्षा कारण देखाउँदै हाफ टाइममा रद्द गरिएको हो। 

छनोट खेल सुरु हुनु केही घण्टाअघि हत्या भएको थियो।

प्रहरीले यसलाई आतंकवाद भनेको छ। बन्दुकधारी भने फरार रहेको प्रहरीले जनाएको छ।

मारिएका ती  २ जनाले स्विडेनको जर्सी लगाए पनि उनीहरु खेल हेर्न ब्रसेल्स पुगेका थिए कि थिएनन् भन्नेबारे अहिलेसम्म थाहा हुन सकेको छैन। 

खेल स्थगन भएपछि  समर्थकलाई सुरक्षाका लागि रंगशालामै बस्न भनिएको थियो। 

स्विडेनको टोलीलाई विमानस्थलमामा प्रहरीले सुरक्षा दिएको थियो। स्विडेनका समर्थकहरु पनि प्रहरीको सुरक्षामा नै पुगेका थिए। 

स्विडेनका प्रशिक्षक जेन एन्डरसनले उनी र खेलाडीहरुले यसबारे हाफ टाइममा मात्र थाहा पाएको बताए। आफूहरुले यस विषयमा थाहा पाएपछि पीडित र उनीहरुको परिवारको सम्मानमा खेल्न नचाहेको बताए। 

बेल्जियमका खेलाडीले पनि यो निर्णयलाई समर्थन गरेका थिए। 

खेलको पहिलो हाफमा दुवै टोली १–१ को बराबरी अवस्थामा थिए। बेल्जियमले जर्मनीमा हुने युरो कपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .