ad ad

समाज


बीएएलएलबी प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरियो, डीन कार्यालयसँग स्ववियुले माग्यो जवाफ

२४ घन्टाभित्र जवाफ नआए जस्तोसुकै कदम चाल्ने चेतावनी
बीएएलएलबी प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरियो, डीन कार्यालयसँग स्ववियुले माग्यो जवाफ

नेपालखबर
असोज २०, २०८० शनिबार १५:७, काठमाडौँ

बीएएलएलबी प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएपछि नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले डीन कार्यालयलाई २४ घन्टे अल्टिमेटम दिँदै जवाफ माग गरेको छ।

सार्वजनिक गर्न नमिल्ने प्रकृतिको भएको र विद्यार्थीले परिक्षा सकिएपश्चात् परिक्षाकेन्द्रमा नै बुझाउनुपर्ने नियम भएपनि शनिबार (असोज २०) गते बिहान परीक्षा सुरु हुनासाथ सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको थियो। 

यसअघि पनि यस्ता घटनाहरू हुँदै आएको स्मरण गराउँदै नेपाल ल क्याम्सप स्ववियु इकाइले अल्टिमेटमभित्र जवाफ नआए जस्तोसुकै कदम चाल्ने चेतावनी दिएका छन्।  अध्यक्ष विष्णु ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘परिक्षाको नियमानुसार विद्यार्थीले परिक्षाकेन्द्रको हाताभित्र मोबाइल फोन वा अन्य इलेक्ट्रोनिक ग्याजेटहरु लान निषेध गरिएको छ र सो अवस्थामा प्रश्नपत्र बाहिरिनुले डीन कार्यालयमार्फत् खटिएका परिक्षा पर्यवेक्षक र परिक्षा केन्द्रमा खटिएका अन्य सम्बन्धित व्यक्तिहरूप्रति शंका उत्पन्न भएको छ। यी र यस्ता घटनाहरु विगतका दिनहरुमा पनि घट्दै आइरहेको र डीन कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराइएको अवस्थामा पनि डीन कार्यालयले कुनै ठोस कदम चालेको छैन।’

यसले डीनको कार्यालयप्रति नै प्रश्नचिन्ह खडा भएको विज्ञप्तिमा बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .