ad ad

खेल


विश्वकप खेल्नुअघि भारतीय क्रिकेट टोलीलाई झड्का, ओपनर शुभमन गिल भए बिरामी

विश्वकप खेल्नुअघि भारतीय क्रिकेट टोलीलाई झड्का, ओपनर शुभमन गिल भए बिरामी

नेपालखबर
असोज १९, २०८० शुक्रबार १३:६, काठमाडौँ

क्रिकेट विश्वकपको उद्घाटन खेलमा अस्ट्रेलियासँगको खेलअघि भारतीय टोलीका लागि चिन्ताजनक खबर सार्वजनिक भएको छ।

बीबीसी हिन्दीका अनुसार ओपनर शुभमन गिल बिरामी परेपछि भारतीय क्रिकेट टोली चिन्तामा परेको हो। उनलाई उच्च ज्वरो आएपछि डेंगीको परीक्षण गरिएको बताइएको छ।

बीसीसीआई नजिकको एक स्रोतले पीटीआईलाई भनेको छ, ‘चेन्नईमा अवतरण गरेपछि शुभमन गिललाई उच्च ज्वरो आएको थियो, उनको परीक्षण गरिएको छ। शुक्रबार पनि केही परीक्षण हुने छन्, त्यसपछि उनले उद्घाटन खेल खेल्न पाउने कि नपाउने भन्ने निर्णय हुनेछ।’

रिपोर्टका अनुसार शुभमन गिललाई डेंगीको परीक्षण गरिएको छ र रिपोर्ट पोजेटिभ आएमा उनले प्रारम्भिक खेल खेल्न पाउने छैनन्।’

सामान्य भाइरल ज्वरो हो भने उनले एन्टिबायोटिक लिने र खेल्नसक्ने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .