ad ad

राजनीति


प्रदीप यादवको प्रश्न : निजी विद्यालय पाल्न शिक्षा विधेयक ल्याइएको त होइन?

प्रदीप यादवको प्रश्न : निजी विद्यालय पाल्न शिक्षा विधेयक ल्याइएको त होइन?

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८० शुक्रबार १३:९, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनः लेखनको आवश्यकता रहेको बताएका छन्।

शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० मा भग लिँदै उनले यस्तो बताएका हुन्। 

यादवले शिक्षा विधेयक संवेदनशील विषय भएको भन्दै विधेयक सोचेर बनाउनुपर्ने बताए।

उनले विधेयकमा व्यापक हेरफेर गर्न र व्यापक संशोधन हाल्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले विधेयक निजी विद्यालयलाई पाल्न आएको होइन? भन्दै प्रश्न गरे।

‘शिक्षा विधेयक संवेदनशील विषय हो। यो विधेयक यस्तो बन्नुपर्छ कि आमाको गर्भमा बच्चा जब रहन्छ, मृत्यु नहुन्जेलसम्म शिक्षा विधेयकले उसको अधिकारलाई सुनिश्चित गर्छ। यो विधेयक सोचेर बनाउनु पर्छ। यो विधेयकको पुनर्लेखनको आवश्यकता छ। यसमा व्यापक हेरफेर गर्न जरुरी छ, यसमा व्यापक संशोधन हाल्न जरुरी छ’, उनले भने, ‘यो विधेयक झट्ट हेर्दा कहीँ निजी विद्यालयलाई पाल्न त आएको होइन, सामुदायिक विद्यालय विस्थापन गर्न त आएको होइन? निजी विद्यालयले एक दिन आन्दोलन गर्दा घुँडा टेकेको सरकार सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठी चार्ज गर्न बाध्य किन भयो? सल्लाह सुझाव लिएको भए त्यस्तो स्थिति आउँदैन थियो। शिक्षकहरुको आन्दोलन त जायज थियो, त्यसैले सम्झौता गरेको हो। सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना गर्नुपर्छ।’

यादवले सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना हुनुपर्ने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .