ad ad

खेल


नेपाल प्रहरीका क्रिकेट खेलाडीहरूलाई सम्मान

नेपाल प्रहरीका क्रिकेट खेलाडीहरूलाई सम्मान

नेपालखबर
असोज १८, २०८० बिहिबार १९:३७, काठमाडौँ

मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एसियन गेम्समा टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ५ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच उनी हरूलाई सम्मान गरेका छन्। 

सम्मानित हुने ण्खेलाडीहरूमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको अस्तित्व र प्रतिष्ठा उचो भएको उल्लेख गरे।

आफू भित्रको स्पोर्टस् म्यानसिपलाई निखार्दै अझै सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गर्दै लैजान नेपाल प्रहरीका खेलाडीहरूलाई उनले आग्रह गरे।

यी खेलाडीहरू हाम्रा हुन् भनेर भन्न पाउँदा समग्र संगठनलाई गर्व र हर्ष महसुस भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको र यसप्रति संगठन गम्भीर रहेको उल्लेख गरे।

कार्यक्रममा सम्मानित खेलाडीहरूकोतर्फबाट मन्तव्य व्यक्त गर्दै नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी संगठनमा आवद्ध भएकोमा गौरव महसुस गरेको बताए।

आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उनले व्यक्त गरे।  

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो।

आजै स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सह–सचिव प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .