ad ad

खेल


भारतविरुद्धको खेलमा नेपालले गुमायो छैटौँ विकेट

भारतविरुद्धको खेलमा नेपालले गुमायो छैटौँ विकेट

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार ९:५५, काठमाडौँ

चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले छैटौँ विकेट गुमाएको छ। 

नेपालले छैटौँं विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो। १२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २९ रन बनाएका सन्दीप क्याच आउट भए।

नेपालका ५ ब्याटर क्याच आउट भए। 

अहिले क्रिजमा सोमपाल कामी ७ र गुलसन झा १ रनमा नटआउट छन्। २सय ३ रनको लक्ष्य पछ्याएको नेपाल १७औं ओभरको खेल जारी रहँदा ६ विकेट गुमाएर १ सय ५१ रन बनाएर खेलिरहेको छ।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले २९ रनको साझेदारी गरे। १० रन बनाएका आशिफ ३.४ ओभरमा अभेष खानको बलमा विकेट किपरको हातबाट क्याच आउट भए। 

अर्का ओपनर कुशल भुर्तेल २८ रनमा पवेलियन फर्के। भुर्तेल ८.५ ओभरमा साइ किशोरको बलमा आवेश खानको हातबाट क्याच आउट भए। ३२ बलको सामना गरेका भुर्तेलले ४ चौका र १ छक्का हाने। कुशल मल्ल २९ रनमा क्याच आउट भए। २२ बलको सामना गरेका कुशल मल्लले २ चौका र २ छक्का हाने। 

११औं ओभरको चौथो बलमा मल्ललाई गुमाएको नेपालले त्यही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेललाई पनि गुमायो। ५ बलमा ३ रन बनाएका कप्तान रोहित रवि विश्नोइको बलमा एलबीडब्लु धरापमा परे। 

१५औं ओभरको दोस्रो बलमा नेपालले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई गुमायो। १५ बलमा ४ चौकासहित ३२ रन बनाएका दीपेन्द्र रवि विश्नोइको बलमा साइ किशोरको हातबाट क्याच आउट भए।  

त्यसअघि झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .