ad ad

खेल


अस्ट्रेलिया पलायन भएका विमल घर्ती मगर एनएसएल खेल्न स्वदेश फर्कने

अस्ट्रेलिया पलायन भएका विमल घर्ती मगर एनएसएल खेल्न स्वदेश फर्कने

नेपालखबर
असोज १५, २०८० सोमबार १६:५४, काठमाडौँ

शुक्रबार मात्रै अस्ट्रेलिया पलायन भए भनिएका नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर नेपाल सुपर लिग (एनएसएल) खेल्न स्वदेश फर्कने भएका छन्। 

सोमबार विमलले सामाजिक सञ्जालमार्फत आफु एनएसएल खेल्न स्वदेश फर्कने बताएका हुन्। 

एनएसएलको अघिल्लो दिन मात्रै विमल अष्ट्रेलियातर्फ लागेका थिए। 

एफसी चितवनको आइकोनिक खेलाडीको रुपमा विमलले एनएसएल खेल्नेछन्। 

सोमबार विमलले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘जिन्दगीमा अनेकौ उतार–चढाव आउँछन, उमेरको बड्दो क्रमसँगै जिम्मेवारी र ब्यवहारिक पन पनि बड्ने रहेछ। त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति आफ्नो प्राण प्यारो देशप्रतिको माया र लगावलाई एक्छिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे। तर पनि मलाइ माया गरेर पुन आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनु भएकोमा चितवन एफसीलाई लाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय ब्यक्तित्व लगायत मेरा सम्पूर्ण शुभचिन्तक हरुमा हार्दिक नमन टक्राउन चाहन्छु। जय नेपाल जय नेपाली फुटबल।’

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले पनि छाडे देश

अस्ट्रेलिया पलायन भएका विमल, जसले लिएका थिए युरोपमा प्रशिक्षण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .