साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेलको निर्णय टाइब्रेकरबाट लिइने भएको छ।
दोस्रो सेमिफाइनल खेलको निर्धारित समयम १–१ को बराबरी भएपछि खेल टाइब्रकेरमा धकेलिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्किएको हो।
खेलको २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलमा भारतले सुरुवाती अग्रता बनायो। नेपालका गोलरक्षकको गल्तीको फाइदा उठाउँदै शाहिलले बललाई पोष्टको गति दिए।
३२ औं मिनेटमा कुशल देउवाको प्रहार सिधै भारतिय गोलरक्षकको हातमा पुग्यो। पहिलो हाफको इन्ज्युरी समयमा कुशल देउवाको कर्नर समिर तामाङको हेडर फष्टबारबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो।
खेलको ४७ औं मिनेटमा निराजन धामीको प्रहार पोष्टमा लागेर फर्कियो।
५६ औं मिनेटमा राजा हरिजनले ह्याण्ड गरेपछि नेपालले फ्रिकीक मौका पाएको थियो। खेलको ५९ औं मिनेटमा प्रशान्त लक्समको फ्रिकीक पोष्ट माथिबाट आकाशियो।
खेलको ७४ औं मिनेटमा दिपक थापामगरको असिस्टमा समिर तामाङको हेडर गोलमा नेपाल खेलमा फर्किएको हो।
खेलको ७८ औं मिनेटमा नाओबा मेथीईको लङ प्रहर नेपालका गोलरक्षक जियारथ शेखले पञ्च गर्दै क्लियर गरे।
Shares

प्रतिक्रिया