ad ad

खेल


मंगोलियालाई नेपालले दियो ३१५ रनको कीर्तिमानी लक्ष्य

मंगोलियालाई नेपालले दियो ३१५ रनको कीर्तिमानी लक्ष्य

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार ८:३६, काठमाडौँ

बायाँ हाते युवा ब्याटर कुशल मल्लको कीर्तिमानी प्रर्दशनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनको हाङझाओमा जारी १९ औं एसियाली खेलकुदमा मंगोलियासामु ३ सय १५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ। 

झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको योगफल तयार पारेको थियो। 

चौथो विकेटका लागि युवा ब्याटर कुशल मल्ल र कप्तान रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य दिएको हो। 

तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल मल्ल १ सय ३७ रनमा नटआउट रहे। कुशलले ८ चौका र १२ छक्का प्रहार गरे। 

दिपेन्द्रसिंह ऐरि ५२ रनमा नटआउट रहे।  दिपेन्द्रले १० बलमा ८ छक्का प्रहार गरे। कप्तान रोहित ६१ बलमा क्याच आउट भए। २७ बलको सामना गरेका कप्तान रोहितले २ चौका र ६ छक्का प्रहार गरे। 

नेपालका ओपनर कुशल भुर्तेल १९ तथा आशिफ शेख १६ रनमा आउट भए। 

पहिलो अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलीरहेका मंगोलियाका लागि जमयानसुरेन दाभासुरेन सबैभन्दा महंगा हुन पुगे। उनले आफ्नो स्पेलमा १ विकेट लिदा सर्वाधिक ६० रन दिए। 

कुशल मल्लको विश्व कीर्तिमान
नेपालविरुद्धको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाका लागि नेपालका मल्लले कीर्तिमानी प्रर्दशन गरे। 

३४ बलमा शतक पूरा गरेका मल्लले दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्। 

यसअघि यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो। भारतिय टोलीका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए। 

यसअघि कुशलले नै १९ बलमा अर्धशतक पूरा गर्दै टी २० आई मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने ब्याटर बनेका छन्। यो सँगै उनले सन् २०१९ मा ज्ञानेन्द्र मल्लले २० बलमा बनाएको अर्धशतकको कीर्तिमान तोडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .