समाज


गाडीको ठक्करबाट सशस्त्र हवल्दारको मृत्यु, सबै गाडी रोकेर अनुसन्धान गरिँदै

गाडीको ठक्करबाट सशस्त्र हवल्दारको मृत्यु, सबै गाडी रोकेर अनुसन्धान गरिँदै

नेपालखबर
असोज १०, २०८० बुधबार ८:४९, कञ्चनपुर

बैतडीमा सवारी दुर्घटनामा परेर सशस्त्र प्रहरीका एकजना हवल्दारको मृत्यु भएको छ। 

मंगलबार मध्यराति बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित हरिचन मोडमा सडक दुर्घटनामा परेर सशस्त्र प्रहरीमा हवल्दारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यु हुने खोड्पेका नरेन्द्रसिंह महरा रहेका छन्। महरा सशस्त्र प्रहरीको आशित गुल्म बाजुरामा कार्यरत थिए। 

बिदामा घर फर्किरहेका महराको सडक दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

‘साढे २ बजे राति गाडीले ठक्कर दिँदा घटनास्थलमै उहाँको मृत्यु भएको भनेर खबर हामीलाई आएको थियो,’ उनले भने, ‘ठक्कर दिने गाडीको पहिचान खुलेको छैन।’

प्रहरीले अहिले दार्चुला र बैतडी जाने सबै गाडीलाई खोचलेकमा रोकेर अनुसन्धान गरिरहेको छ। अहिलेसम्म ठक्कर दिने गाडीको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad