ad ad

खेल


क्यानमा पारसको छलाङ

क्यानमा पारसको छलाङ

नेपालखबर
असोज ६, २०८० शनिबार १७:३७, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्। 

शनिबार सम्पन्न निर्वाचनमा पारस खड्काले निकटतम प्रतिद्धन्दी प्रशान्त विक्रम मल्ललाई ११ मतले पछि पार्दै सचिव पदमा जित निकालेका हुन्। 

कुल खसेको ८५ मतमा खड्काले ४८ र मल्लले ३७ भोट ल्याए। 

क्यानको चुनावको तयारी गर्दै पारसले २ वर्षअघि सबैखाले क्रिकेटबाट सन्यास लिएका थिए।

पुर्व कप्तान खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्विरोध हुँदै क्यानको निर्वाचनका लागि आफूलाई तयार पारेका थिए।

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुँदै पारसले क्यानका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए। 

खेलाडीका रुपमा झण्डै दुई दशक मैदानमा बिताएका खड्काले क्यानको नेतृत्वमा आउँदै दोस्रो इनिङ्सको सानदार सुरुवात गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .