ad ad

खेल


घरेलु मैदानमा इतिहास दोहोर्‍याउन चाहन्छ नेपाल

घरेलु मैदानमा इतिहास दोहोर्‍याउन चाहन्छ नेपाल

फाइल तस्बिर


लक्ष्मी जि.सी
असोज ३, २०८० बुधबार १८:१९, काठमाडौँ

घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपाली टोली घरेलु मैदानमा इतिहास दोहोर्‍याउने योजनामा छ। 

घरेलु समर्थकमामाझ उच्च प्रदर्शन गर्दै आएको नेपाली टोलीले यो पटक पनि पुरानै लयलाई निरन्तरता दिने आशा छ। 

यस पटकको यू–१९ च्याम्पियनसिपका लागि खुल्ला स्पर्धामार्फत खेलाडी छनोट गरिएको थियो। देशभर भउको खेलाडी छनोटबाट २३ जनाले अन्तिम टोलीमा स्थान बनाए।

च्याम्पियनसिपअघि नेपाली टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुने साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन्। 

बुधबार खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठले घरेलु मैदानमा हुन लागेको च्याम्पियनसिपमा इतिहास दोहो¥याउने योजना रहेको बताएका छन्। 

यसअघि सन् २०१५ मा घरेलु मैदानमा नै भएको साफ च्याम्पियनसिपमा नेपालले पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। त्यो बेलामा श्रेष्ठ टोलीका सहायक प्रशिक्षक थिए। 

उनले भने, ‘बिहीबारको खेलमा हामी राम्रो प्रर्दशन गर्नेछौँ। छोटो समयको तयारीबीच खेलाडीको आत्मविश्वासका कारण उत्कृष्ट खेल्नेमा विश्वस्त छौँ’, श्रेष्ठले सुनाए। 

छोटो समयका कारण नेपाली टोलीले मैत्रीपूर्ण खेल खेल्न पाएन। तर खुला छनोटबाट आएका खेलाडीका  लागि आफूलाई प्रमाणित गर्ने यो महत्वपर्ण प्रतियोगिता हो। 

यू–१९ को प्रर्दशनबाट खेलाडीहरुका लागि सिनियर टोलीका ढोका खुल्नेमा प्रशिक्षक श्रेष्ठ आशावादी छन्। टोलीका गोलरक्षक तथा कप्तान जियारथ शेखले बिहीबार पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन्। 

भारतीय टोलीका प्रशिक्षक शुभेन्दु पाण्ड्याले च्याम्पियनसिपका लागि २ वर्षदेखि प्रशिक्षण गरिरहेको बताए। च्याम्पियनसिपका लागि नेपाल आउनुअघि भारतीय टोलीले साउदी अरेबियामा पनि प्रशिक्षण गरेको थियो। जहाँ यो टोलीले २ खेल खेलेको थियो। 

त्यो खेलको अनुभवले प्रतिस्पर्धा गर्न सहज हुने आशामा प्रशिक्षक पाण्ड्या छन्। ‘साउदीको तयारीले केही सहज हुनेछ। लामो समयदेखि प्रशिक्षण गरेका थियौँ, त्यस कारण राम्रो खेल्ने आशामा छु’, उनले भने। 

भारतीय कप्तान इशान शिशोडियाले साउदी अरेबियाको प्रशिक्षणले आत्मविश्वास बढाएको सुनाए। 

बंगलादेशका प्रशिक्षक रसिद अहमदले ४ साताको अभ्यास गरेर नेपाल आएको बताएका छन्। 

‘बिहीबारको खेल जिते हामीलाई अगाडि बढ्न सहज हुनेछ। त्यसैले भोलिको खेलमै केन्द्रित हुनेछौँ’, उनले भने।

टोलीका कप्तान मोइनुल इस्लाम मोइनले टोलीबाट उत्कृष्ट प्रर्दशन हुने बताएका छन्। 

भुटानका कप्तान पेमा जाङग्पोले दुई महिनादेखि प्रशिक्षणमा रहेकाले च्याम्पियनसिपमा राम्रो खेल खेल्ने आशामा रहेको सुनाए। 

प्रशिक्षक हिडेहरु ताकाहासीले भुटानी टोली सम्हालेदेखि नै प्रशिक्षणमा रहेकाले राम्रो खेल्ने योजनामा सुनाए।

समूह चरणको पहिलो खेलमा नेपालले बिहीबार पाकिस्तानसँग खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। त्यही दिनको पहिलो खेलमा बंगलादेश र भारत भिड्नेछन्। खेल दिउँसो साढे १ बजे हुनेछ।

समूह चरणको अन्तिम खेलमा नेपालले मालदिभ्ससँग आगामी सोमबार दिउँसो साढे १ बजे खेल्नेछ। साफमा नेपाल, मालदिभ्स र पाकिस्तान रहेको समूह ‘ए’ मा छ। समुह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .