खेल


एसिया कप क्रिकेटको उपाधि भारतलाई, घरेलु भूमिमै श्रीलंकाको लज्जास्पद हार

एसिया कप क्रिकेटको उपाधि भारतलाई, घरेलु भूमिमै श्रीलंकाको लज्जास्पद हार

नेपालखबर
भदौ ३१, २०८० आइतबार १८:२२, काठमाडौँ

नेपालसमेत सहभागी एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ।

सह-आयोजक श्रीलंकालाई उसकै मैदानमा लज्जास्पद १० विकेटको हार चखाउँदै भारतले एसिया कप क्रिकेटको उपाधि उचालेको हो।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंका १६ ओभरमै अलआउट हुँदै ५० रनमा समेटिएको थियो। जसलाई भारतले ६.१ ओभर खेल्दै भेट्टाएको हो।

त्यसपछि ५० ओभरमा ५१ रन बनाउने चुनौतीसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले केबल ६ ओभर खेल्दै लक्ष्य भेट्टायो।

भारतलाई जिताउने क्रममा बलिङतर्फ मोहम्मद सिराज ६ विकेटसहित नायक सावित भए। त्यसपछि हार्दिक पान्ड्याले ३ विकेट लिए।

ब्याटिङतर्फ भारतका लागि ओपनरहरु इशान किसान र शुभनम गिलले मात्रै क्रिजमा उत्रिनु पर्‍यो।

भारतका लागि ओपनर इशान किसानले १८ बलमा २३ रन र शुभनम गिलले १९ बलमा २७ रन बनाए।

एसिया कप क्रिकेटको फाइनल भिडन्तमा पहिले ब्याटिङमा जाने निर्णय श्रीलंकाका लागि दुर्भाग्यपूर्ण सावित भयो। 

कोलम्बोको आर प्रेमदासा स्टेडियम भइरहेको खेलमा श्रीलंकाको सुरुवातले उसका समर्थकलाई स्तब्ध बनाएको हो। 

श्रीलंकालाई इतिहासकै नमिठो झट्का दिने क्रममा भारतका मोहम्मत सिराजले ६ विकेट झारे। उनले चरिथ असालङ्का, सदिरा समरविक्रमा, पथुम निसांका, दसुन शनाका र कुसल मेन्डिसलाई आउट गरेका थिए। 

पहिले ब्याटिङका क्रममा श्रीलंका पावरप्लेमै ध्वस्त हुन पुग्यो। टिमले १० ओभरमा ३३ रन बनाउँदै ६ विकेट गुमाएको थियो।

पावर प्लेमा सिराजले ५ र बुमराहले १ विकेट लिए। दशा यस्तो थियो कि श्रीलंकाका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। 

श्रीलंकालाई ध्वस्त बनाउने क्रममा सिराजले चामिन्डा वासको कीर्तिमान पनि बराबरी गरेका छन्।

मोहम्मद सिराजले वान डे क्रिकेटमा सबैभन्दा कम बलमा ५ विकेट लिने विश्व रेकर्डको बराबरी गरे।

सिराजले पावर प्लेमा ५ विकेट लिने क्रममा १६ रन दिए। श्रीलंकाका चामिन्डा वासले सन् २००३ मा बंगलादेविरुद्ध १६ बलमा ५ विकेट लिएका थिए। 

श्रीलंकाले १६ रनमै ६ विकेट गुमायो। पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाले केबल १२ रनमा ६ विकेट गुमाको थियो।

ओपनर कुशल परेरा, कप्तान दसुन शनाका, सदीरा समरविक्रमा र चरिथ असालङ्का शून्यमै आउट भए। अर्कातिर पथुम नसांका २ र डी सिल्भा ४ रनमा आउट भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .