ad ad

खेल


हाइ टाइम भइसक्यो, सरकारले क्रिकेट पूर्वाधारमा लगानी बढाओस् : कप्तान पौडेल

हाइ टाइम भइसक्यो, सरकारले क्रिकेट पूर्वाधारमा लगानी बढाओस् : कप्तान पौडेल

नेपालखबर
भदौ २०, २०८० बुधबार १८:२९, काठमाडौँ

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेटका लागि इन्फास्ट्रक्चरमा लगानी बढाउनुपर्ने बताएका छन्। बुधबार एसिया कप खेलेर स्वदेश फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्। 

साथै, उहाँले एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन नसकिने बताए।

‘इण्डिया र पाकिस्तानसँग खेल्ने रहर जुन थियो, त्यो पूरा भएको छ। सबैले राम्रो महशुस गरिरहको छन्। यो वर्ष हाम्रो लागि राम्रो भयो। हामीले र कोच, समर्थक सबैको साथ र सहयोग पायौँ। विश्वकै उत्कृष्ट बलरले बल फालिँरहँदा हाम्रो तर्फबाट राम्रो खेल्दा पोजेटिभ फिल भइरहेको थियो,’ उनले भने।

भारत र पाकिस्तानसँग सपना पूरा भएको र खेलबाट खेलाडीले धेरैकुरा सिकेको पनि उनले बताए। 

सरकार र निजी निकायहरुले खेलाडीहरूमा लगानी बढाउनुपर्ने उनको भनाइ छ।

‘नयाँ अनुभव लिएका छौँ। अब हाइ टाइम भइसक्यो, अब इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ। एउटै स्ट्रक्चरमा सबैले अभ्यास गरिरहनुपरेको छ। स्पशेली पिचहरू भए, ग्राउण्ड भए प्रिपेशन गर्न सकिन्छ। सबैले खेलाडीमा इन्भेष्ट गरेमा राम्रो हुन्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .