ad ad

खेल


भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीले एक-एक लाख पाउने

भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीले एक-एक लाख पाउने

नेपालखबर
भदौ १८, २०८० सोमबार १३:८, कञ्चनपुर

भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेट खेलाडीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पुरस्कृत गर्ने घोषणा गरेको छ।

भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीलाई जनही एक/एक लाखसहित सम्मान गर्ने निर्णय शुक्लाफाँटा नगरपालिकाले गरेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टीमको उच्च सम्मान गर्दै हौसला बढाउन भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले बताए।

सोमबार शुक्लाफाँटा नगरपालिकाले नगर प्रमुख स्तरीय निर्णय गरेर भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको हो।

पहिलो पटक एशीया कप क्रिकेटमा पुगेको नेपाली टोलीले समूह चरणको दोस्रो खेल अन्तर्गत सोमबार दिउँसो पौने ३ बजे भारतको सामना गर्दैछ। 

क्रिकेटको महारथी भारतसँग श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले आज ऐतिहासिक क्रिकेट खेल्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .