ad ad

राजनीति


सामाजिक द्वन्द्व फैलाएर अनियमितता लुकाउने प्रयास भयो : रवि लामिछाने

सामाजिक द्वन्द्व फैलाएर अनियमितता लुकाउने प्रयास भयो : रवि लामिछाने

नेपालखबर
भदौ ९, २०८० शनिबार १६:१३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताए। 

‘अहिले पनि कतिपय मानिसहरु प्रश्न सोध्नुहुन्छ, त्यो प्रश्नभित्र नियत बसेको हुन्छ। आजै मैले बोलेका कुरा जति बंग्याएर हालेपनि हुन्छ। बंग्याएर, टिंग्याएर, गलत हेडलाइन दिएर जुधाउने एउटा जाति र अर्को जातिलाई लडाउने अभिव्यक्ति दिने त्यस्ता मिडिया हेर्दा पनि नहेर्नुुस्,’ सभापति लामिछानेले भने, ‘त्यस्तास सोसल मिडिया अकाउण्ट भएका मानिसहरु ब्लक गर्नुहोस्। समाजको सद्भाव खल्बल्याउने मान्छेहरू किन ब्लक नगर्ने? समाज सद्भाव बोक्ने बान्छेलाई खोज्ने हो।’

उनले समाजको सद्भाव खल्बल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गरे। उनले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे। 

उनले कानूनी रुपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउेन कार्य नगर्न आग्रह गरे।

‘फूल रोप्ने मान्छेलाई खोजि खोजि माया गरौँ, काँडाले घोच्ने मान्छेबाट टाढा बसौँ। हाम्रो दुश्मन, गरिबी र अशिक्षा हो। बेरोजगारी हो। यो साझा दुश्मन हो। आज जातिय सद्भाव भड्काउन पाइयो भने त भ्रष्टाचारका यत्रा काण्डहरु सामसुम, थामथुम, हुन्छन् भनेर त्यतातिर तपाईलाई आगो झोसिरहेका छन्, खबरदार,’ सभापति लामिछानेले भने, ‘यो आगोमा म पेट्रोल मट्टितेल हाल्दिन। कानूनी रुपमा वर्जित काम गर्न पाइँदैन। कानूनी राज्यमा कानूनले जे भन्छ त्यसलाई मान्नुपर्छ। एक अर्काको आस्था र विश्वासमा आँच आउेन कार्य हामी कसैले गर्नु हुँदैन। सद्भाव खल्बल्याएर त्यसबाट राजनीतिको रोटी सेक्ने कुरा कसैले पनि गर्नु हुँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .