ad ad

खेल


एमबाप्पेले पेनाल्टीमा गरे पीएसजीका लागि गोल

एमबाप्पेले पेनाल्टीमा गरे पीएसजीका लागि गोल

नेपालखबर
भदौ ३, २०८० आइतबार ११:५८, काठमाडौँ

पेरिस सेन्ट जर्मेन (पीएसजी) मा फर्किएपछि केलियन एमबाप्पेले पेनाल्टीमा गोल गरेका छन्।

फ्रेन्च लीग १ अन्तर्गत गएराति भएको खेलमा टुलुजसँग १–१ को बराबरी गर्दै अंक बाँडे। लिग १ मा पीएसजीको यो दोस्रो बराबरी हो। 

फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले खेलको ६२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

तर खेलको ८७ औं मिनेटमा मोरक्कोका फरवार्ड जकारिया अबुखलाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए। 

पहिलो खेलमा टोली बाहिर रहेका एमबाप्पे दोस्रो खेलमा ११ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान आएका थिए। 

पीएसजी छाड्न चाहेका एमबाप्पेलाई क्लबको सम्झौता नथपेसम्म टोलीमा समावेश नगर्ने भन्दै पीएसजीले दोस्रो टोलीमा राखेको थियो। 

तर उनी पीएसजीमा नै रहने भनेपछि एमबाप्पेलाई लुइस एनरिकको टोलीमा पुनः परिचय गराइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .